प्रकाशित : २१ बैशाख २०७७, आईतवार १८:४१

विराटनगर, २१ वैशाख । मोरङको उर्लावारी – ३ मंगलबारेमा दादुराको महामारी फैलिएको पुष्टी भएको छ । मंगलबारे क्षेत्रमा थप ६ जनामा दादुरा संक्रमणको पुष्टी प्रदेश क्षेत्रीय खोप निर्देशनालयले गरेको छ ।

निर्देशनालयले वडा नम्बर ३ मा दादुरा महामारी भएको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा,प्रदेश स्वास्थ्य निर्देशनालय र उर्लावारी नगरपालिकालाई जानकारी गराएको छ । वैशाख १ गते एक जनामा दादुरा संक्रमणको आशंका भएपछि परीक्षण गर्दा दादुरा पोजेटिभ देखिएको थियो । यस्तै वैशाख १६ गतेपनि अर्काे परीक्षण गर्दा थप एक जनामा संक्रमण देखिएको थियो ।

यस्तै खोप निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठको टोलीले स्याम्पल परीक्षण गर्दा थप ६ जनामा दादुरा देखिएको पुष्टी भएपछि वडा नम्बर ३ मंगलबारेलाई दादुरा महामारी घोषणा गरिएको हो । यसैबीच उर्लाबारी नगरपालिकाले ज्वरो,आउने रुघाखोकी लाग्ने र शरीरिमा विमिरा निस्कने जस्ता लक्षण तथा चिन्हहरु देखा परे तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख खड्ग फागोले दादूराको नियन्त्रणका लागि नगरपालिकाको स्वास्थ्य शाखालाई आवश्यक निर्देशन दिईसकेको बताउनुभएको छ ।

दादुराका लक्षण देखिएका बिरामीहरुलाई मंगलबारे अस्पताल वा अन्य कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न मंगबलारे अस्पतालका प्रमुख डा. योगेश मण्डलले आग्रह गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३