प्रकाशित : २१ बैशाख २०७७, आईतवार १८:३८

विराटनगर, २१ वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेकपा निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ ।

कोराना भाईरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ नमूना संकलन वुथ हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मुकेश बुढाथोकीले जानकारी दिनुभयो । कोभिड अस्पतालमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई वुथ हस्तान्तरण गरिएको थियो ।

मन्त्रीद्धयले संयुक्त रुपमा बुथ ग्रहण गरि कोशी अस्पताल विराटनगरकी मेसु संगीता मिश्रालाई हस्तान्तरण गर्नुभएको थियो । युवा संघ मोरंगले इन्जिनियरको प्राविधिक सहयोगमा करिव ८५ हजार लागतमा बुथ निर्माण गरेको अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय युवा संघले अहिले सम्म तीन वटा वुथ निर्माण गरेको छ ।

यसअघि सुन्दरहरैचा नगरपालिका र बेलबारी नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३