प्रकाशित : २१ बैशाख २०७७, आईतवार ०६:४०

विराटनगर, २० वैशाख । सरसफाईका क्षेत्रमा अग्रसर संस्था परिवर्तनका लागि हातेमालोले प्रहरीहरुलाई मास्क वितरण गरेको छ । संस्थाले विराटनगरको विभिन्न भागमा अवस्थित रहेको प्रहरी बिटहरुमा कार्यरत सुरक्षाकर्मीहरुलाई हिजो मास्क वितरण गरेको हो ।

संस्थाद्वारा हाटखोला, घिनाघाट, पुष्पलाल चौक, मिलन चौक, कटहरी, बसपार्क, मिलन चौकको मुशहर बस्ती र महेशपुर कृषि बजारमा अवस्थित रहेको प्रहरी बिटहरुमा खटिएका सुरक्षाकर्मीहरुलाई मास्क वितरण गरिएको संस्थाका अध्यक्ष विनोद परियारले बताउनुभयो । उहाँले आगामी दिनहरुमा आवश्यकता अनुसार अन्य ठाउँहरुमा पनि मास्क वितरण गर्ने जानकारी दिनुभयो ।

मास्क वितरण कार्यक्रममा नेकपा विराटनगर ८ का अध्यक्ष राम पोखरेल लगायतका यूवा नेताहरको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३