प्रकाशित : २१ बैशाख २०७७, आईतवार ०६:३५

विराटनगर २१ वैशाख । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । कोरोनाका कारण विश्वका २ सय १२ देशका ३४ लाख ७९ हजार बढी संक्रमित हुँदा २ लाख ४४ हजार बढीको मृत्यु भएको छ । आज विहान सम्म मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ५ सय ८१ पुगेको छ ।

कोरोना संक्रमित मध्ये सबैभन्दा बढी अमेरिकामा ११ लाख ५९ हजार बढी संक्रमित हुँदा ६७ हजार ३ सय बढीको मृत्यु भएको छ । स्पेनमा २५ हजार १ सय, इटालीमा २८ हजार ७ सय, फ्रान्समा २४ हजार ७ सय जनाको मृत्यु भएको छ । यस्तै बेलायतमा २८ हजार १ सयको मृत्यु हुँदा दक्षिण एसियाली मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

भारतमा २ हजार ४ सय ४२ नयाँ संक्रमित थपीएका छन् । नयाँ थपीए सँगै संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । पाकिस्तानमा ४ सय ३७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १९ हजार २२ पुगेको छ ।

यसैवीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पत्ति प्राकृतिक रुपमा भएको जनाएको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले सो भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३