प्रकाशित : २१ बैशाख २०७७, आईतवार ०६:३२

विराटनगर, २० वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा खटिँदै आएको स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । संक्रमितको उपचारमा संलग्न २८ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो ।

कोभिड उपचार केन्द्रमा ३१ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक टोलीसहित अन्य कर्मचारी २८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताउनुभयो । कोसी अस्पतालमा उपचार गराइरहेको कोरोना भाइरस संक्रिमत ३१ जनाको अवस्था सामान्य रहेको डाक्टर मिश्राले बताउनुभयो । ‘अहिलेसम्म उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ मिश्राले भन्नुभयो, ‘बिरामीको नियमित परीक्षण भइरहेको र ३ जना सुगर र १ जना ब्लड प्रेसरको बिरामी रहेको हुँदा उहाँहरू औषधि त्यसअनुरूप चलिरहेको छ, त्यस्तो कुनै समस्या आएको छैन ।’

अस्पतालमा उपचार गराइरहेका ३१ जनामध्ये १३ जनाको पुन : स्वाब परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३