प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार १९:०४

विराटनगर, १९ वैशाख । प्रदेश १ मा आरडिटी र पिसीआर विधिबाट ६ हजार ६ सय बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म ६ हजार ६ सय २४ जनाको परीक्षण भएको छ ।

कोरोना शंकास्पद १ हजार ३ सय ४२ जनाको स्वाव संकलन गरिएको छ । आज सम्म ३ सय १९ महिला र १ हजार २३ पुरुषको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएका मध्ये २ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना परीक्षण गरिएका मध्ये ३ सय १५ महिला र ९ सय ८४ पुरुष गरि १ हजार २ सय ९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको मध्ये १२ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आरडिटी विधिबाट आज सम्म ५ हजार २ सय ८२ जनाको एण्टीवडी परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परीक्षण गरिएका मध्ये ८ सय ७८ महिला र ४ हजार ३ सय ८९ पुरुष गरि ५ हजार २ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज सम्म ५ हजार ७ सय ३ जना क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । आज सम्म मात्रै ४० ओटा वेड थपीएको छ ।

क्वारेन्टाईनमा ४ सय ९० महिला र १ हजार ८ सय ३१ पुरुष गरि २ हजार ३ सय २१ जना बसेका छन् । आज ४३ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाईनमा वस्नेको संख्या ६ हजार ६ सय १३ पुगेको छ । होम क्वारेन्टाईनमा १ हजार २ सय ३० महिला र ५ हजार ३ सय ८३ पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा वैशाख आज सम्म आईसोलेसनमा वस्नेको संख्या ३४ रहेको छ । ६ जना डिस्चार्ज भएका छन् । व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १ हजार ९ थान वितरण गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३