प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार ०७:५१

विराटनगर, १८ वैशाख । प्रदेश १ सरकार मातहतका मन्त्रालयले लकडाउनले गर्दा चालु आर्थिक बर्ष खर्च गर्न नसक्ने बजेट धमाधम फिर्ता पठाउन थालेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च हुन नसक्ने र अनुत्पादक क्षेत्रको बजेट कटौती गरेर विवरण बुझाउन निर्देशन गरेपछि मन्त्रालयहरुले धमाधम बजेट फिर्ता पठाउन थालेका हुन् ।

हालसम्म २ अर्ब ७ करोड रकम फिर्ता आइसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

हालसम्म भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब ८ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १९ करोड ५७ लाख, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले १३ करोड ३८ लाख, प्रदेश लोक सेवा आयोगले ३ करोड ५ लाख, प्रदेश योजना आयोगले ३ करोड २१ लाख फिर्ता गरेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि ३९ करोड ८५ लाख फिर्ता गरेको र अन्य मातहतका कार्यायलहरुसँग संकलन गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले जानकारी दिनुभयो ।

कार्यक्षेत्र बृहत भएकाले सामाजिक विकास र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पठाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३