प्रकाशित : १७ बैशाख २०७७, बुधबार १९:१५

विराटनगर, १७ वैशाख । कोरोना भाइरस (कोभिड १९) को सामना र सहकार्य बारेमा नेकपाका बरिष्ठ नेता एवं विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालसहितका नेताहरुले चिनिया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओसहितका टिमसँग आज भिडियो कन्फेरेन्स गरेका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले कोरोना रोकथाममा नेपालले गरिरहेको प्रयासबारे बताउनुभएको थियो ।

ताओले पनि कोरोना मानवीय समस्या भएकाले यसलाई लिएर विश्वका कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको थियो । ताओले कारोना नियन्त्रणमा चिनियाँ तौरतरिका र अपनाइएका प्रविधिसमेत बारे बताएको नेपालका स्वकिय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेता नेपालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, प्रदेशका पार्टी इन्चार्ज र डाक्टरहरूले थिए । प्रदेश १ बाट नेकपा प्रदेश इन्चार्ज भीम आचार्य, डा. सुरेश मेहता सहभागि हुनु भएको थियो । उता चिनिया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख ताओसँगै प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित थिए ।

दुवै पक्षबीच दुई घण्टा लामो भिडियो कन्फेरेन्स भएको थियो

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३