प्रकाशित : १६ बैशाख २०७७, मंगलवार २१:४३

विराटनगर, १६ वैशाख । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सामाजिक विकास मन्त्रालयले विभिन्न साँझेदार संस्थाहरुसँगको छलफललाई तीव्रता दिएको छ ।

स्वास्थ्य क्षेत्रसँग संवन्धित प्रदेश १ मा कार्यरत अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरुसँग आज मन्त्रालयमा छलफल गर्दै सहयोगका लागि अपिल गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा वसेको बैठकले कोभिड अस्पतालका लागि आवस्यक स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग गर्न मन्त्रालयले आग्रह गरेको हो ।

अस्पताललाई सहयोग गर्न इच्छुक संस्थाहरुले आगामी वैशाख १९ गते भित्रमा विववरण उपलब्ध गराउन भनिएको छ । मन्त्रालयले विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुले यसअघि गरेको सहयोगका लागि धन्यवाद दिएको छ ।

यसअघि कोभिड १९ अस्पतालका लागि विभिन्न गैरसरकारी संस्थाहरुले आईसीयु वेड, स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरणहरु सहयोग गरेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३