प्रकाशित : १४ बैशाख २०७७, आईतवार १८:३६

विराटनगर, १४ वैशाख । विराटनगर महानगरपालिकाले लकडाउनका कारण काठमाण्डौं लगायत अन्य क्षेत्रवाट विराटनगरमा बसोवास गरेका सर्वसाधारण तथा विद्यार्थीलाई आज गन्तव्यमा पठाएको छ ।

७ वटा यात्रुबस मार्फत सामाजिक दुरी कायम गरी लहान, वर्दिवास, सिन्धुली, काभ्रेको धुलीखेल, वनेपा र काठमाडौका १ सय ६० यात्रुलाई आज साँझ त्यसतर्फ पठाइएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले लकडाउनका कारण अलपत्र विद्यार्थीहरुलाई र सर्वसाधारण सहज र सरल किसिममले आफ्नो घर पुर्याउन सवैको सहयोग प्राप्त भएको बताउनुभयो ।

पूर्व नेपाल यातायात प्रालि, विराटनगर वस पार्क व्यवस्थापन समिति, विभिन्न यातायात मजदूरका संघसगठनहरुले निशुल्क रुपमा वस उपलव्ध गराएका थिए । यसैगरी कारखाना यूवा समूह विराटनगरले निर्माण गरेको एक रोवट महानगरपालिकाकालाई आज हस्तान्तरण गरिएको छ । महानगरपालिकाको सहयोगमा निःशुल्क निर्माण गरिएको सो रोवटले निर्मलीकरण गर्नुका साथै खाना पुर्याउन सक्ने छ ।

महानगरपालिकाका प्रमुख पराजुलीले सो रोवट कोशी अस्पतालका प्रमुख डा. संगीता मिश्रालाई कोभिड–१९ उपचार केन्द्रमा प्रयोगमा ल्याउन हस्तान्तरण गर्नु भयो । यसैवीच विराटनगर महानगरपालिकालाई करुणा फाउण्डेशनले व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) १० थानसेट सहित विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

फाउण्डेशनले मोरङ जिल्लाका १७ स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । फाण्डेशनले यसअघि प्रदेशका ७० स्थानीय तहमा ६० लाख वरावरको स्वास्थ्य सामाग्री प्रदान गरिसकेको करुणा फाउण्डेन्सनका सहनिर्देशक योगेन्द्र गिरीले जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३