प्रकाशित : १३ बैशाख २०७७, शनिबार १९:०८

विराटनगर, १३ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताउनुभएको छ । आज कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।

कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई बस्न आग्रह गर्नुभएको छ । तपाईहरुको साथमा प्रदेश सरकार छ, नआत्ति बस्नुहोस्, मुख्यमन्त्री राईले भन्नुभयो ।

मुख्यमन्त्री राईले संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परीक्षण गरिने समेत बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेशका दुईवटा कोरोना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । राई शनिबार स्वास्थ्य सामग्रीसहित कोरोना संक्रमित फेला परेपछि पूर्ण लकडाउन गरिएका क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।

मुख्यमन्त्रीसँग आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोली कोरोना प्रभावित क्षेत्रमा पुगेको हो । प्रभावित क्षेत्र पुगेर आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले शान्ति सुरक्षाका बिषयमा सुरक्षा निकायका अधिकारीहरुसंग जानकारी लिनुभएको थियो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले हतुवागढी लगायतका क्षेत्रहरुमा आरडिटी टेष्टका लागि प्रदेश सरकारले आवश्यक स्रोत साधन, स्वास्थ्य सामाग्री र जनशक्ति उपलब्ध गराउने बताउनुभएको थियो । मुख्यमन्त्री सहितको टोली हेलिकप्टर मार्फत हतुवागढीबाट कोरोनाको बढी प्रभावित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका आएको थियो ।

मुख्यमन्त्री राईको टोलीले उदयपुरको भुल्के, भोजपुरको हतुवागढी र उदयपुरको कटारी १ बेलसोतमा रहेको क्वारेन्टाइन स्थलको समेत निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्रीको टोलीले उदपयुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ । त्यहाँ कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव थियो ।

मुख्यमन्त्री राई सहितको टोलीले थर्मगन, पीपीई, एन ९५ माक्स, सेनिटाइजर, ग्लोब्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री हतुवागढी र उदयपुर पुर्याएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३