प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार २०:०७

विराटनगर, १२ वैशाख । प्रदेश १ मा कोरोना संक्रमणको संख्या बृद्धि भएसँगै प्रदेश सरकारले उपचार केन्द्रहरु विस्तार गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारले विराटनगरमा कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको छ । उपचार केन्द्रको क्षमता ५० वेडको रहेको छ । सो अस्पतालमा २८ जना अहिले उपचाररत रहेका छन् । भोजपुरका एक संक्रमितलाई पनि विराटनगर ल्याइदैछ । अहिलेको अनुपातमा विरामी संख्या बढ्दै गएमा ५÷६ दिनपछि उपचार केन्द्रमा वेड अभाव हुने भएपछि प्रदेश सरकारले सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय वेडको तयारी गरिरहेको छ । विपीमा विरामी बढ्दै गएमा अन्य सेवा रोकेर कोरोनाको मात्र उपचार गर्ने गरि तयारी भईरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

एलिट क्लव विराटनगरका पदाधिकारीसँग कोरोना भाईरस विरुद्ध प्रदेश सरकारले गरेको योजना र तयारी विषयमा गरिएको भिडियो कन्फ्रेन्समा मन्त्री घिमिरेले सो जानकारी दिनुभयो । प्रदेश सरकारले विपीसँगै मोरङ सुन्दरहरैचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको टिचिङ अस्पताल प्रयोग गर्ने गरि छलफल अघि बढाएको उहाँले जानकारी दिनभयो । टिचिङ अस्पतालमा १ सय ५० वेडको कोरोना उपचार केन्द्र बनाउने तयारी छलफल अघि बढेको मन्त्री घिमिरेले बताउनुभयो । उदयपुरको जिल्ला अस्पताल र वेलसोतमा पनि कोरोना उपचार केन्द्र बनाउने तयारी गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उदयपुर जिल्ला अस्पतालका लागि प्रदेश सरकारले १ करोड वजेट छुट्याएको छ । जिल्ला अस्पतालको पूर्वाधारले धेरै विरामी राख्न नसक्ने भएकाले वेलसोतमा पनि तयारी गरिएको मन्त्री घिमिरेले बताउनुभयो ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रले विशिष्टीकृत सेवा दिईरहेको उहाँले दावी गर्नुभयो । सो अस्पतालमा २५ जना स्वास्थ्यकर्मी र १७ जना व्यवस्थापक खटिएको उहाँले बताउनुभयो । उदयपुर र भोजपुरमा देखिएको संक्रमणलाई अन्यत्र सर्न नदिने गरि प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । भोजपुरमा देखिएको संक्रमणलाई ठाउँको ठाउँ नियन्त्रण गर्ने गरि काम भईरहेको उहाँले बताउनुभयो । भोजपुरमा संभावित संक्रमितको स्वाव परिक्षणको काम पनि शुरु भएको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३