प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार १३:०३

विराटनगर १२ वैशाख । प्रदेश १ सरकारलाई वर्ल्ड भिजन इन्टरनेशनलले ३४ लाखको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट हस्तान्तण गरेको छ ।

२ सय १५ वटा पीटीई सेट, ३२ थान आईआर थर्ममिटर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आज वर्ल्ड भिजन इन्टरनेशनल पुर्व क्षेत्रीय व्यवस्थापक विनय अमात्यले हस्तान्तरण गर्नुभयो । उहाँले पीपीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्दै कार्यक्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामाग्रीहरु वितरण गरिएको जानकारी गराउनुभयो ।

वर्ल्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टीभ क्लोथ, इलेक्ट्रोनिक थर्ममिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजर लगायतको १० प्रकारका सामाग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरिएको वर्ल्ड भिजन फिल्ड कार्यालयका पब्लिक इन्गेजमेन्ट स्पेश्लीष्ट प्रमिल अधिकारीले जानकारी दिनुभयो ।

पीपीई ग्रहण गर्दै मुख्यमन्त्री राईले अग्रभागमा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सामाग्रीहरु वितरणको व्यवस्था मिलाईने बताउनुभयो । वल्र्ड भिजनबाट अहिले सम्मकै उल्लेख्य समाग्री प्रदेश सरकारलाई प्राप्त भएको उहाले बताउनुभयो ।

पीपीई प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रममा वर्ल्ड भिजनको साँझेदार संस्थाका तर्फबाट नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा, राष्ट्रिय सामुदायिक विकास केन्द्रका अध्यक्ष नारायण कार्की लगायतको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३