प्रकाशित : ११ बैशाख २०७७, बिहीबार १८:२९

विराटनगर, ११ वैशाख । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट ४ हजार ८ सय बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म पीसीआर विधिबाट ८ सय ८४ र आरडिटी विधिबाट ३ हजार ९ सय २९ जना गरि ४ हजार ८ सय १३ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ८ सय ८४ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । ८० महिला र ४ सय ८० पुरुष सहित ५ सय ६० जनाको कोरोना नेगेटिभ रिपोर्ट आएको छ । २ सय ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

आरडिटी विधिबाट आज सम्म ३ हजार ९ सय २९ जनाको एण्टीवडी परीक्षण गरिएको छ । आरडिटी परीक्षणमा १० जनाको पोजेटिभ रिपोर्ट आएको छ । ६ सय २३ महिला सहित ३ हजार २ सय ९६ जना पुरुषको एण्टीवडी नेगेटिभ आएको छ । प्रदेश १ मा ४ हजार ८ सय ९ जना अट्ने क्षमताको क्वारेन्टाईन निर्माण गरेको छ । आज मात्र २६ वटा क्वारेन्टाईन वेड थपिएको छ ।

प्रदेश १ मा आईसोलेसनमा वस्नेको संख्या ३० पुगेको छ । प्रदेश १ मा होमक्वारेन्टाईनमा वस्नेको संख्या ४ हजार ९ सय १० पुगेको छ । होमक्वारेन्टाईनमा ७ सय ९४ महिला र ४ हजार १ सय १६ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३