प्रकाशित : १० बैशाख २०७७, बुधबार २१:५२

विराटनगर, १० वैशाख । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

उपचार केन्द्रमा पुगेर संक्रमितको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिनु भएको हो । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिनुभयो । संक्रमितको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मी गरि २५ जनाको टोली रहेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । २५ जनाको टोलीले ४ सिफ्टमा काम गरिरहेको उहाँले बताउनुभयो । कोभिड १९ उपचार केन्द्रमा आज साँझ सम्म २८ जना भर्ना भएका छन् ।

१२ जना भारतीय र १६ जना नेपाली नागरिकको उपचार भईरहेको छ । उपचाररत सवैजना उदयपुरबाट ल्याईएको हो । भुल्केमा शुक्रबार १२, शनिबार १, मंगलबार ११ र आज ४ जनामा संक्रमण देखा परेको हो ।

कोभिड १९ उपचार केन्द्रमा पुगेर विश्व स्वास्थ्य संगठनको टोलीले पनि संक्रमितको अवस्थाबारे जानकारी लिएको छ । डा.पार्टील नेतृत्वको टोली कोभिड १९ उपचार केन्द्रमा पुगेको थियो । यसैवीच कोभिड १९ अस्पतालको सुरक्षा नेपाली सेना र नेपाल प्रहरीले गर्ने भएका छन् । अस्पतालको उत्तर तर्फबो गेटमा नेपाली सेनाको ७ जनाको टोली र दक्षिण तर्फको गेटमा ५ जनाको टोली खटिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३