प्रकाशित : १० बैशाख २०७७, बुधबार १९:२२

विराटनगर, १० वैशाख । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लागु गरेको ‘लकडाउन’ उल्लंघन गर्ने क्रम मोरङमा रोकिएको छैन ।

कोरोना संक्रमित बढिरहँदा पनि ‘लकडाउन’को पालना हुन सकेको छैन । ‘लकडाउन’को पालना गराउन नागरिकलाई सचेत गराउने काम भइरहे पनि उल्लंघन नरोकिएको प्रहरीको भनाइ छ । ‘लकडाउन’का समयमा घर बाहिर ननिस्कन, भिडभाड नगर्न र ‘होम क्वारेन्टाइन’मा बस्न सरकारले आग्रह गरिरहे पनि त्यसको पूर्ण रुपमा पालना हुन नसकेको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले बताउनु भयो । लकडाउनको पालना नगरे नेपालमा कोरोनाका कारण ठूलो मानविय क्षति बेहोर्नु पर्ने खतरा बढेर गएको छ उहाँको भनाइ छ । प्रहरीले हालसम्म मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने आठ सय २२ जनालाई पक्राउ गरेको छ ।

जसमा सात सय २९ पुरुष र ९३ जना महिला छन् । पक्राउ गरिएकाहरुलाई तीन घण्टा भन्दा बढी होल्ड गर्दै जिल्ला प्रहरी कार्यालयमा ल्याएर व्यक्तिगत विवरण राख्दै सम्झाई बुझाई गरेर आगामी दिनमा ‘लकडाउन’ को उल्लंघन नगर्न चेतावनी दिँदै छाड्ने गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । ‘लकडाउन’ उल्लंघन गरेर चलाइएका दुई हजार तीन सय ९१ सवारी साधन जिल्ला भरबाट नियन्त्रणमा लिइएको जानकारी अधिकारीले दिनु भयो ।

नियन्त्रणमा लिइएका सवारी साधनमा ४७ वटा अटो र टेम्पो, ५३ वटा टिपर, ट्रयाक्टर र ट्रक, २९ वटा कार र जीप, एक हजार सात सय आठवटा मोटरसाइकल र स्कुटर र पाँच सय ५४ वटा साइकल रहेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाड्ने गरिएको उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३