प्रकाशित : १० बैशाख २०७७, बुधबार १९:२०

विराटनगर, १० वैशाख । प्रदेश नं. १ मा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । वैशाख ५ गते १२ जना, वैशाख ६ गते १ जना, वैशाख ९ गते ११ जना र आज ४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पुष्टी भएकोमा २४, ६० र ७२ वर्षका पुरुष रहेका छन् ।

२७ जना संक्रमित मध्ये २ जना महिला रहेका छन् । एकै परिवारका ५ जना सम्ममा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये २३ जना उदयपुरका र ४ जना विराटनगरका रहेका छन् । उदयपुरको त्रियुगा ३ भुल्केको नुरी मस्जिदमा वसेका १३ जनामा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सरकार र नेपाली सेनाले गरेको स्वाव परिक्षणमा २८ जनामा संक्रमण देखिएको हो । नेपाली सेनाले संकलन गरेको स्वाव मध्येबाट ४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । प्रदेश १ मा वैशाख १० गते सम्म ८ सय २३ जनाको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएका मध्ये ७६ महिला र ४ सय ४९ पुरुष गरि ५ सय २५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

परीक्षण गरिएका मध्ये २ सय ७४ जनाको रिपोर्ट आउन बाँकी छ । आरडिटी विधिबाट आजसम्म ३ हजार ५ सय ९२ जनाको एण्टीवडी परीक्षण गरिएको छ । १० जनामा पोजेटिभ रिपोर्ट आएको छ । ३ हजार ५ सय ८२ जनाको नेगेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा आज सम्म ४ हजार ७ सय ८३ जना क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ ।

क्वारेन्टाईनमा १ सय १२ महिला र ९ सय ५८ पुरुष गरि १ हजार ७० जना वसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । १७ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाईनमा वस्नेको संख्या ४ हजार ६ सय ४२ पुगेको छ । ७ सय ६० महिला र ३ हजार ८ सय ८२ जना पुरुष रहेका छन् । वैशाख १० गते सम्म आईसोलेसनमा वस्नेको संख्या ३४ पुगेको छ । ३ महिला र ३१ पुरुष आईसोलेसनमा वसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) ७ सय ५९ थान वितरण गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३