प्रकाशित : १० बैशाख २०७७, बुधबार १७:०५


विराटनगर, १० वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश १ ले तीन जिल्लाका पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । महासघले आज सुनसरी, मोरंग र झापाका पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको हो ।
सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय थान मास्क महासंघ सुनसरी अध्यक्ष अमर खड्कालाइ, पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार महासंघ मोरंगका सहसचिव सन्तोष राईलाई र उर्लाबारीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय थान मास्क सञ्चार क्लव उर्लाबारीका अध्यक्ष सरोज बस्नेतलाई हस्तान्तरण गरिएको छ ।
दमकका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय थान मास्क र झापाका अन्य स्थानका सञ्चारकर्मीका लागि १ सउ २० वटा सेनिटाईजर र २ सय थान मास्क पत्रकार महासघ जिल्ला शाखा झापा मार्फत दिइएको पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइँटेलले बताउनुभयो ।
पत्रकार महासंघ प्रदेशलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।