प्रकाशित : ९ बैशाख २०७७, मंगलवार १८:४७

विराटनगर, ९ वैशाख । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । २२ जना पुरुष र २ जना महिला रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको एक मस्जितमा बस्दै आएका १३ जनामा यसअघि संक्रमण देखिएको थियो ।

वैशाख ९ गते थप ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज कोरोना पोजेटिभ रिपोर्ट आएका सवै उदयपुरकै हुन । १० जनाको कोशी अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाव पुन : परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

धरानमा पुन : परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरका १ जनाको नेपाली सेनाले नमूना संकलन गरि काठमाण्डौंमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । नेपाली सेनाले नमूना संकलन गरेको सवैको रिपोर्ट आउन बाँकी छ । प्रदेश १ को २२ सहित नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । संक्रमित मध्ये ५ जना उपचार पछि निको भएर घर फर्कीएका छन् ।

प्रदेश १ मा वैशाख ९ गते सम्म पीसीआर र आरडिटी विधिबाट ३ हजार ७सय ७५ जनाको परीक्षण गरिएको छ । कोरोना भाईरस (कोभिड १९) को शंकास्पद ६ सय ७८ जनाको नमूना संकलन गरिएको छ ।

प्रदेश १ मा गरिएको परीक्षणमा ६८ महिला र ३ सय ८० पुरुष गरि ४ सय ४८ जनामा कोरोना नेगेटिभ रिपोर्ट आएको छ । नमूना संकलन गरिएका मध्ये २ सय ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा वैशाख ९ गते सम्म आरडिटी विधिबाट ३ हजार ९७ जनाको एण्टीवडी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ जनामा एण्टीवडी पोजेटिभ आएको थियो । उनीहरुको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आरडिटी विधिबाट ४ सय ३६ महिला र २ हजार ६ सय ५५ पुरुष गरि ३ हजार ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ४ हजार ५ सय ७१ जना क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । आज मात्र १ सय ५३ वेड थपीएको छ । क्वारेन्टाईनमा आज सम्म १ सय २ महिला र ८ सय ८० पुरुष गरि ९ सय ९२ जना वसेका छन् ।

२ जना डिस्चार्ज भएका छन् । आईसोलेसनमा २७ जना भर्ना भएका छन् । आज ८ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा होमक्वारेन्टाईनमा वस्नेको संख्या ४ हजार ४ सय ८१ पुगेको छ ।

होमक्वारेन्टाईनमा ७ सय २६ महिला र ३ हजार ७ सय ५५ पुरुष वसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३