प्रकाशित : ९ बैशाख २०७७, मंगलवार १७:२६

विराटनगर, ९ वैशाख । प्रदेश १ मा पीसीआर आरडिटी विधिबाट ३ हजार ७ सय बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म दुवै विधिबाट ३ हजार ७ सय ७५ जनाको परीक्षण गरिएको हो ।

कोरोना भाईरस (कोभिड १९) को शंकास्पद ६ सय ७८ जनाको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएका मध्ये प्रदेश नं. १ मा १४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

उदयपुरमा आज थपीएका १ जना नेपाली सेनाले नमूना संकलन गरि काठमाण्डौंमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । प्रदेश १ मा गरिएको परीक्षणमा ६८ महिला र ३ सय ८० पुरुष गरि ४ सय ४८ जनामा कोरोना नेगेटिभ रिपोर्ट आएको छ । नमूना संकलन गरिएका मध्ये २ सय १७ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज सम्म आरडिटी विधिबाट ३ हजार ९७ जनाको एण्टीवडी परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ६ जनामा एण्टीवडी पोजेटिभ आएको थियो । उनीहरुको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आरडिटी विधिबाट ४ सय ३६ महिला र २ हजार ६ सय ५५ पुरुष गरि ३ हजार ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ४ हजार ५ सय ७१ ज्ना क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । आज मात्र १ सय ५३ वेड थपीएको छ । क्वारेन्टाईनमा आज सम्म १ सय महिला र ८ सय ८० पुरुष गरि ९ सय ९२ जना वसेका छन् ।

२ जना डिस्चार्ज भएका छन् । आईसोलेसनमा २७ जना भर्ना भएका छन् । आज ८ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा होमक्वारेन्टाईनमा वस्नेको संख्या ४ हजार ४ सय ८१ पुगेको छ । होमक्वारेन्टाईनमा ७ सय २६ महिला र ३ हजार ७ सय ५५ पुरुष वसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३