प्रकाशित : ८ बैशाख २०७७, सोमबार १८:३५

विराटनगर, ८ वैशाख । मोरङको मिक्लाजुङ गाउँपालिका–४ टाँडीमा नेपाली सेनाको सूर्य दल गणले सञ्चालन गरेको क्वारेन्टाइनमा आज बिहान हावाहुरीले क्षति पुर्याएको छ ।

कोरोना भाइरस संक्रमणको आशंका गरिएकाहरुलाई राख्नका लागि निर्माण गरेर चैत १० गतेबाट सञ्चालनमा ल्याइएको क्वारेन्टाइनमा हावाहुरीले क्षति पुर्याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँकाअनुसार दुई सयवटा टेन्ट प्रयोग गरेर दुई सय बेडको क्वारेन्टाइन सञ्चालन गरिएकोमा वर्षासँगै चलेको हावाहुरीले ४० वटा टेन्ट उडाइदिएको छ ।

हुरीले एकाएक गर्दै टेन्ट उडाउन थालेपछि क्वारेन्टाइनमा राखिएकाहरु त्रसित बनेका थिए । हुरीले ४० वटा टेन्ट उडाउनुका साथै खानेपानीको फिल्टर, बिजुली र इन्टरनेटमा पनि क्षति पुर्याएको डीएसपी राईले बताउनु भयो । उहाँकाअनुसार हावाहुरी र वर्षा रोकिए पनि बिजुली र इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।

हुरीले टेन्ट उडाए पनि क्वारेन्टाइन सञ्चालनमा भने समस्या नरहेको सूर्यदल गणका प्रमुख सेनानी रघु पौडेलले बताउनु भयो । ४० वटा वेडमा क्षति पुगे पनि अरुमा नभएका कारण क्वारेन्टाइनमा राखिएकाहरुलाई बस्न कुनै गाह्रो नभएको उहाँको भनाइ छ । पौडेलले क्षति पुगेका टेन्ट उठाएर पुनः क्वारेन्टाइन तयार गर्ने काम भइरहेको जानकारी दिनु भयो ।

क्वारेन्टाइनमा सोमबारसम्ममा आठ जना पुरुष र चार महिला गरेर १२ जना रहेका छन् । यस अघि एक सय ४५ जना पुरुष र १० महिला गरेर एक सय ५५ जनालाई राखिएकोमा एक सय ३७ पुरुष र ६ जना महिला गरेर एक सय ४३ जना घर फर्किसकेका छन् ।

परीक्षणबाट कोरोना नेगेटिभ देखिएकाहरुलाई क्वारेन्टाइनबाट विदा दिएर घर पठाउने गरिएको प्रमुख सेनानी पौडेलले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३