प्रकाशित : ८ बैशाख २०७७, सोमबार १८:३३

विराटनगर, ८ वैशाख । कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला विराटनगर महानगरपालिका भित्र सरसफाई मजदुरहरु भने फोहोर व्यवस्थापनमा असुरक्षित तरिकाले खटिने गरेको पाइएको छ ।

कोरोना संक्रमण रोक्न अपनाउनु पर्ने सुरक्षाको न्यूनतम मापदण्ड बिनानै फोहोर संकलन र व्यवस्थापनमा प्रत्येक दिन बिहान ६ बजेबाट खटाउने गरिएका कारण मजदुर जोखिममा परेका छन् । विराटनगर महानगरपालिकाले सम्झौता गरेर १९ वटै वडामा फोहोर मैला व्यवस्थापन र सरसफाईको जिम्मा वेष्ट म्यानेजमेन्ट गु्रप नेपाल प्रालीलाई दिएको छ ।

म्यानेजमेन्टले दुई सय २० श्रमिक सरसफाईमा परिचालन गर्दै आएको छ । श्रमिकले फोहोर संकलन गर्दै व्यक्तिका घर–घर तथा सडक, पेटी र सार्वजनिक स्थल सरसफाई गर्छन् । तर बजारलाई सफा र सुन्दर बनाउने तिनै श्रमिक भने आफै असुरक्षित छन् । व्यक्तिका घर–घरमा पुगेर फोहोर उठाउने उनीहरुलाई सर्जिकल ग्लोब्स र साधारण मास्क बाहेक केही दिइएको छैन ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), चश्मा, स्यानीटाइजर, सर्जिकल मास्क उनीहरुले पाउन सकेका छैनन् । सर्जिकल मास्क उपलब्ध हुन नसक्दा साधारण मास्क लगाएरै फोहोरसँग खेल्नु पर्ने अवस्था रहेको १५ वर्षदेखि सफाई मजदुरको काम गर्दै आएको श्याम राउतले बताउनुभयो । सरसफाई श्रमिकलाई ग्लोब्स र स्यानीटाइरज दिइएको बताउँदै म्यानेजमेन्टका प्रमुख देवी आचार्यले उनीहरुको सुरक्षाका सवालमा महानगरपालिकाको पनि ध्यान जानु पर्ने बताउनुभयो ।

महानगरको फोहरमैला व्यवस्थापन शाखा प्रमुख हीरा यादवले सरसफाई श्रमिकलाई कोरोना संक्रमण हुनबाट बचाउन सुरुमा महानगरले मास्क वितरण गरिसकेको र त्यस बाहेक आवश्यक सामग्री उपलब्ध गराउने काम म्यानेजमेन्टकै भएको बताउनुभयो ।

विराटनगर महानगरपालिका भित्र औषतमा दैनिक एक सय ५० मेट्रिक्टन फोहोर उत्पादन हुने गरेको छ । कोरोना संक्रमण फैलन नदिन सरकारले ‘लकडाउन’ गरे यता ५० प्रतिशत घटेको म्यानेजमेन्टले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३