प्रकाशित : ८ बैशाख २०७७, सोमबार १८:३१

विराटनगर, ८ वैशाख । मोरङका सर्वदलिय मुस्लिम अगुवाहरुले कोरोना भाइरसको प्रतिरक्षामा एकिकृत योजना बनाएर लागू गर्न माग गरेका छन ।

विभिन्न दल सम्बद्ध मुस्लिम अगुवाहरुले नेपाल सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओली सामु यस्तो माग प्रस्तुत गरेका हुन । उनीहरुले जिल्ला प्रसाशन कार्यालय मोरङ मार्फत नेपाल सरकार र प्रधानमन्त्री ओली सामु सो बिषयको ज्ञापनपत्र पठाएका छन ।

प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा लकडाउनले गर्दा अन्तराष्ट्रिय सिमाहरु बन्द भएका कारण भारत लगायत अन्य देशका मुस्लिम तीर्थयात्री (जमात)हरु देशका विभिन्न मस्जिदहरुमा अलपत्र अवस्थामा बसिरहेको हुँदा कोरोनाको संक्रमण नहोस र भएको अवस्थामा समेत त्यसलाई फैलिन नदिन स्थानिय पालिका,प्रशासन र प्रदेश सरकारको समन्वयमा कोरोना भाइरसको रोकथाम,उपचार र प्रतिरक्षामा एकिकृत योजना बनाएर लागु गर्न माग गरिएको छ ।

यसैगरि लकडाउन अघि भारत लगायत तेश्रो मुलुकबाट फर्किएका सम्पुर्ण ब्यक्तिहरुको ट्राभल हिस्ट्री ट्रेसिङ गरेर कोरोना परीक्षणको दायरा बढाएर जोखिम न्युनिकरणको सुझाव दिइएको छ । ज्ञापनपत्रमा लकडाउनको अवधिमा हुनसक्ने कालोबजारी,कृत्रिम अभाव र आर्थिक अपचलनका घटनाहरुका बिषयमा नियमित अनुगमनगर्न तथा दैनिक उपभोग्य बस्तुहरुको सेवा प्रवाहमा बिशेष ध्यान दिन आग्रह गरिएको छ । यसैगरि किसान,उद्योगी र ब्यापारीहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको ऋणको एकबर्षको ब्याज मिनाहा गरिदिन पनि माग गरिएको छ ।

ज्ञापनपत्रमा नेकपाका तर्फबाट वसिम आलम, ताजिम अन्सारी,नेपाली कांग्रेसका सलिम अन्सारी,राजपाका मोहम्वत कादिर लगायतको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३