प्रकाशित : ६ बैशाख २०७७, शनिबार ०६:५४

विराटनगर, ६ वैशाख । वल्र्ड भिजन इन्टरनेशनलले मोरंग र सुनसरीमा निर्माण गरिएको क्वारेन्टाईनका लागि विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र स्थानीय साझेदार संस्था नारी विकास संघ, एडिएम मोरङ र सेभद अर्थ सुनसरीसँगको सहकार्यमा कोरोना भाइरस प्रतिकार्य योजना अन्तर्गत कोरोना भाइरस प्रभावित बालबालिका, महिला तथा अत्ति जोखिममा रहेका समुदायहरुका लागि प्रदेश १ को मोरङ र सुनरीको जिल्ला प्रशासन कार्यालयमा क्वारेन्टाइन निर्माण तथा ब्यवस्थापनको लागि गैर खाद्यान्न समाग्रीहरु हस्तान्तरण गरिएको हो ।

वल्र्ड भिजनले जिल्ला प्रशासन कार्यालय मोरंगलाई तारपुलीन २० सेट, डोरी २०, झुल ३०, प्लास्टिक बस्केट ३०, ब्लाङ्केट ५०, प्लास्टिक जर्किन ६०, प्लास्टिक म्याट १५,पीफम ६, सबेल १० र सानोडोरी १० सेट हस्तान्तरण गरेको छ ।सुनसरी जिल्ला प्रशासन कार्यालयलाई तारपुलीन २० सेट, डोरी २०, झुल ३०, प्लास्टिक बस्केट ३०, ब्लङ्केट ४०, प्लास्टिक जर्किन ६०, प्लास्टिक म्याट १५, पीफम ६, सबेल ८ र सानोडोरी १० सेट हस्तारण गरिएको छ । वल्र्ड भिजनले स्थानीय सञ्चारक्षेत्रसँगको समन्वयमा प्रदेश सरकारलाई कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा मद्दत गर्न जनचेतनामूलक सूचनाहरु र मोरङको कटहरी वडा ५ मा १ सय घरधुरीलाई स्थानीय तहको समन्वयमा रहत वितरण गरिएको जनाएको छ ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालका पूर्व क्षेत्रिय व्यवस्थापक वियन अमात्यले कोरोना भाइरसको नियन्त्रण गर्न स्थानीय तथा प्रदेशसरकारको सहयोगी भूमिका वल्र्डभिजनले निर्वाह गर्ने बताउनु भयो ।

वल्र्ड भिजनले स्थानीय तहसँग मिलेर राहतको कार्य पनि शुरु गरिसकिएको उहाँले बताउनुभयो । वल्र्ड भिजन इन्टरनेसनल नेपालले बालबालिकाका लागि मोरङ जिल्लामा शिक्षा, स्वास्थ्य तथा पोषण, संरक्षण, जिविकोपार्जन, विपद्ब्यवस्थापन, बालमैत्री अभियानजस्ता क्षेत्रमा विभिन्न परियोजनाहरु मार्फत कार्यक्रम संचालन गरिरहेको छ । सुनसरीमा किताब परियोजना सञ्चालनमा रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३