प्रकाशित : ४ बैशाख २०७७, बिहीबार १७:००

विराटनगर, ४ वैशाख । मोरंगको कटहरीमा आज राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित कटहरी ५ का ७ सय घरपरिवारलाई राहत वितरण गरिएको हो ।

वडा कार्यालयसँगको समन्वयमा वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरले राहत वितरण गरेका हुन । प्रतिघर परिवार १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल र सावुन वितरण गरिएको हो ।

लकडाउनका कारण प्रभावित घर परिवारको घर घरमा पुगेर वडाध्यक्ष घनस्याम सिंह, नारी विकास संघ कार्यक्रम संयोजक सरिता अधिकारी लगायतले राहत वितरण गर्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३