प्रकाशित : ३ बैशाख २०७७, बुधबार १८:५४

विराटनगर, ३ वैशाख।  प्रदेश नं. १ मा पीसीआर र आरडिटीबाट ८ सय २१ जनाको कोरोना परीक्षण गरिएको छ । र्यापिड डायग्नोष्टिक टेस्टबाट आजसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ ।

पीसीआर र आरडीटीबाट आजसम्म जम्मा ८ सय २१ जनाको परिक्षण भएको छ । परिक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको थियो । पीसीआरतर्फका १८ जनाको रिपोर्ट आउन बाँकी छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार सबैको परीक्षण नतिजा नेगेटिभ छ । आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट प्रदेश १ मा आजसम्म जम्मा २ सय ८४ जनाको नमूना परीक्षण गरिएको छ । जसमा ५० महिला र २ सय ३४ पुरुष छन् । प्राप्त नमुनामध्ये २ सय ६६ को रिपोर्ट आएको छ । सबै नेगेटिभ छन् । परीक्षण गरिएकामध्ये ४२ महिला र २ सय २४ पुरुष छन् । १८ जनाको रिपोर्ट आउन बाँकी छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।
गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण शुरु भएको हो । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ । यसैगरी विराटनगरको कोशी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण शुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आजसम्म कूल ५ सय ६५ जना छ । जसमा ६२ महिला र ५ सय ३ जना पुरुष छन । तीमध्ये २५ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा भने १० जना छन् ।

होम क्वारेन्टाइनमा ६सय २७ महिला र ३ हजार ९२ पुरुष गरी जम्मा जम्मा ३ हजार ७ सय १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेको देखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३