प्रकाशित : ३ बैशाख २०७७, बुधबार १७:२०

विराटनगर, ३ वैशाख । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि आज तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु वेड हस्तान्तरण गरिएको हो ।

करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले ३ लाख ५९ हजारको ३ वटा र स्वीस सरकार विकास सहयोग (एसडिसी) ले ३ लाख ५० हजारको ३ वटा वेड हस्तान्तरण गरेको हो । कोभिड अस्पताललाई आज इलेक्ट्रिक ३ वटा र म्यानुअल आईसीयु वेड ३ वटा हस्तान्तरण गरिएको हो । कोभिड १९ अस्पताललाई विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ) ले १० केभिएको अनलाईन युपीएस हस्तान्तरण गरेको छ । ३ लाख ६० हजारको अनलाईन युपीएस हस्तान्तरण गरिएको लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले जानकारी दिनुभयो ।

आईसीयु वेड र अनलाईन युपीएस ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना भाईरस विरुद्ध लड्नका लागि सरकार मात्रै नभएर समाजका सवै अंगको उत्तिकै भूमिका रहने बताउनुभयो । प्रदेश १ सरकारले कोभिड अस्पताल नमूना अस्पताल निर्माण गरेको उहाँले बताउनुभयो । कोभिड अस्पताललाई अहिले विभिन्न दातृ संस्थाहरुबाट विभिन्न स्वास्थ्य सामाग्री र उपकरणहरु जुट्दै गएकाले दाता प्रति मन्त्री घिमिरेले आभार व्यक्त गर्नुभयो । उहाँले कोरोनाको उपचार पछि प्रदेश सरकारले कोभिड अस्पतालमा नयाँ कार्यक्रम शुरु गर्ने वताउनुभयो ।

यसअघि कोभिड अस्पतालाई विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाण्डौं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्त रुपमा २ वटा आईसीयु वेड हस्तान्तरण गरिएको थियो । यसैगरि करुणा फाउण्डेसनले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्पाइनल इन्जुरी भएका ३९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको जनाएको छ ।

फाउण्डेसनले सामाजिक विकास मन्त्रालयलाई एक सय थान व्यक्तिगत सुरक्षा उपकरण पनि उपलब्ध गराएको बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३