प्रकाशित : २ बैशाख २०७७, मंगलवार १७:२४

विराटनगर, २ वैशाख । प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि : शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध गराएको छ । ६ हजार ३ सय युरो सिम उपलब्ध गराएको एनसेल विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले जानकारी दिनुभयो ।

कोरोना भाईरस (कोभिड) १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सिमकार्ड उपलब्ध गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार सिमकार्डमा जेठ सम्मका लागि व्यालेन्स उपलब्ध गराइएको छ ।

स्वास्थ्यकर्मीलाई रिचार्ज गर्न समस्या नहोस् भनेर व्यालेन्स सहितको सिमकार्ड दिईएको उहाँले बताउनुभयो । एनसेलबाट प्राप्त सिमकार्ड ग्रहण गर्दै मन्त्री घिमिरेले तीन दिन भित्रमा सवै स्वास्थ्य कार्यालयमा पुग्ने गरि सिम पठाईने बताउनुभयो ।

स्वास्थ्य कार्यालय मार्फत वितरण हुनेगरि सिमकार्ड जिल्ला जिल्लामा पुर्याईने उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३