प्रकाशित : १ बैशाख २०७७, सोमबार १९:३२

विराटनगर, १ वैशाख । कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गर्ने भएको छ । १ लाख १ हजार ७५ रुपैयाँको लगानीमा बुथ निर्माण गरिएको प्रोग्रेसिभ पिन प्रदेश अध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो ।

प्रविधियुक्त बुथ प्रदेश १ कै उत्कृष्ट र प्रभावकारी रहेको पौडेलको दाबी छ । उक्त बुद्धमा स्वाब संकलन गरिनेछ । बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनलगायतको विशेषता रहेको छ ।

इन्जिनियर पवन झा, इन्जिनियर बिभास मिश्रा, इन्जिनियर बिक्रम केसी र इन्जिनियर सम्पूर्ण आचार्यले बुथ निर्माण गर्नुभएको हो । लकडाउनले स्रोत साधन उपलब्धतामा कठिनाइ भएको बताउँदै इन्जिनियर मिश्राले बुथ निर्माण आवश्यक सामाग्री जुटाउन कठिनाइ भएको भएपनि राम्रो बुथ निर्माण भएको बताउनु भयो ।

स्वतःस्फूर्त रुपमा रकम संकलन गरेर बुथ निर्माण गरेका उनीहरुले प्रदेश १ सरकारको कोरोना राहत कोष मा १ लाख रुपैयाँ र संघीय सरकारको कोरोना राहत कोषमा ५० हजार रुपैयाँ नगद पनि जम्मा गरिसकेको एसोसिएसनका प्रदेश १ अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३