प्रकाशित : १ बैशाख २०७७, सोमबार १९:२५

विराटनगर, १ वैशाख । प्रदेश नं. १ मा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद २ सय ३३ जनाको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएका मध्ये २ सय १३ जनाको रिपोर्ट आएको छ ।

३८ महिला र १ सय ७५ पुरुष गरि २ सय १३ जनाको रिपोर्ट आएको हो । रिपोर्ट आएका सवैमा कोरोना नेगेटिभ देखिएको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नमूना संकलन गरिएका मध्ये २० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आज २ महिला र २१ पुरुष सहित २३ जनाको नमूना संकलन गरिएको थियो ।

प्रदेश १ मा आज सम्म ४९ महिला र ३ सय ८ पुरुष गरि ३ सय ५७ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । ३ सय ५७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । आज ९४ जनाको आरडिटी गरिएको थियो । जसमा १४ जना महिला र ८० जना पुरुष रहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ४ हजार ४ सय ११ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्रदेशभरी ४ सय ४६ वटा आइसोलेशन बेडको व्यवस्था गरिएको छ । ४४ वटा आईसीयु वेड तयार गरिएको छ । आज सम्म प्रदेश १ मा ४९ महिला र ५ सय २३ पुरुष सहित ५ सय ७२ जना लाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाईनमा वसेका ५ महिला र ४९ पुरुष गरि ५४ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाईनमा ३ हजार ५ सय ५७ जना बसेका छन् ।

प्रदेशभरि ६ सय १२ महिला र २ हजार ९ सय ४५ पुरुष होमक्वारेन्टाईनमा बसेको मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशभरीमा आईसोलेसन वार्डमा ४ महिला र ६ जना पुरुष गरि १० जना भर्ना भएका छन् ।

प्रदेश १ मा आज सम्म ६ सय ५४ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३