प्रकाशित : ३० चैत्र २०७६, आईतवार २१:००

विराटनगर, ३० चैत । कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन भएको आज २० दिन भएको छ । २० दिन भित्रमा लकडाउनका कारण प्रभावित भएका गरिव तथा विपन्न वर्गका लागि मोरंगका १६ वटा स्थानीय तहले राहत वितरण गरेका छन् । आज सम्म स्थानीय तहले ८० हजार ५ सय ५३ घरधुरीलाई राहत वितरण गरेका छन् । जुन मोरंगको घर परिवार संख्याको ३७ दशमलव ६६ प्रतिशत हुन आउँछ ।

जिल्ला प्रोफाइल २०७० अनुसार मोरंगमा घरघुरी संख्या २ लाख १३ हजार ८ सय ७० रहेको छ । रतुवामाई नगरपालिका बाहेकका १६ वटा स्थानीय तहले राहत वितरण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार विराटनगर महानगरपालिकाले २६ हजार २ सय ६८, रंगेली नगरपालिकाले ७ हजार ७ सय ५२, सुनवर्षी नगरपालिकाले २ हजार ४ सय ९२, धनपालथान गाउँपालिकाले ६ हजार ४ सय २१, बेलबारी नगरपालिकाले ३ हजार १ सय ६०, सुन्दरहरैचा नगरपालिकाले ४ हजार ८ सय, केराबारी गाउँपालिकाले १ हजार ५ सय ११, ग्रामथान गाउँपालिकाले २ हजार ५ सय ४४, जहदा गाउँपालिकाले ५ हजार ८ सय १६, कटहरी गाउँपालिकाले ४ हजार , बुढीगंगा गाउँपालिकाले ६ हजार ३ सय ८३, लेटाङ नगरपालिकाले २ हजार १ सय ४१, पथरीशनिश्चरे नगरपालिकाले ३ हजार २ सय २०, कानेपोखरी गाउँपालिकाले २ हजार ४ सय ४० , उर्लाबारी नगरपालिकाले २ सय ६३ र मिक्लाजुङ गाउँपालिकाले १ हार ५ सय ४२ घर परिवारलाई राहत वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता डिएसपी मानहादुर राईले राहत सामाग्रीमा चामल १२ लाख २६ हजार ९ सय ७७ केजी, दाल १ लाख १५ हजार ९ सय २ केजी, आलु ६१ हजार ९ सय ३ केजी, नुन ८५ हजार २५ केजी वितरण गरिएको छ । उहाँले तेल ४४ हजार ८ सय ९८, सावुन ७५ हजार ९ सय ४१ वटा वितरण गरिएको बताउनुभयो । डिएसपी राईले हाल सम्म मोरंगमा १ सय ६२ पुरुष र १४ जना महिला गरि १ सय ७६ हजार क्वारेन्टाईनमा रहेको वताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३