प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार २१:१५

विराटनगर, २८ चैत । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन उल्लंघन गर्ने २ सय बढी मोरंगबाट आज पक्राउ परेका छन् ।

लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको बिशेष अभियान अन्तर्गत २ सय ५७ जनालाई पक्राउ गरिएको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानवहादुर राईले वताउनुभयो । उहाँका अनुसार आज २ सय ७ वटा सवारी साधन पनि नियन्त्रणमा लिईएको छ ।

पक्राउ गरिएका सवारी साधनलाई लकडाउन समाप्त भएपछि मात्र छाडिने डिएसपी राईले जानकारी दिनुभयो । लकडाउनको पालना गर्नु हुन जिल्ला प्रहरी कार्यालय मोरङले सबैमा अनुरोध पनि गरेको छ । प्रहरीका अनुसार मोरंगमा आज सम्म १२ जना महिला र १ सय ५९ पुरुष गरि जना गरी १ सय ७१ जना क्वारेन्टाईनमा महिला रहेका छन ।

आईसोलेसनमा ३ जना महिला र ७ जना पुरूष गरि १० जना रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३