प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार २०:४२

विराटनगर २८ चैत  । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिनुभएको हो ।

आज बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।
अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घर घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । त्यस्तै मानिसलाई आवत जावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन समेत गर्नुभएको छ ।

संक्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा कडाइ गरिने बताउनुभयो । यसका लागि तयारी गर्न समेत सबै सुरक्षा निकायलाई उहाँको निर्देशन छ ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताउनुभयो । शुक्रबारदेखि प्रदेशले र्यापिड टेस्ट सुरु गरकाले क्वारेन्टाइनमा बसेका सबैको टेस्ट गरिने र स्वाव परीक्षण कोशी अस्पतालबाटै दैनिक एक सयवटा टेस्ट गरिने भएकाले अव क्वारेन्टाइनमा रहनेहरुको व्यवस्थापनमा पनि सहज हुने बताउनु भयो ।

प्रदेशका २० देखि ३० हजारको र्यापिड टेस्ट र एक हजार बढीको स्वावको चाडै परीक्षण गर्ने बताउँदै मुख्यमन्त्री राईले सम्भावित चुनौती र समस्याको समाधानका लागि योजना बन्दै गरेको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३