प्रकाशित : २७ चैत्र २०७६, बिहीबार १९:००

विराटनगर, चैत २७ । प्रदेश नं. १ मा ४१ क्वारेन्टाईन बेड थपिएको छ । आज प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ ।

आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार आजसम्म क्वारेन्टाईनमा बस्नेको संख्या ६ सय २ छ । जसमा ५२ महिला र ५ सय ५० पुरुष छन् । आजसम्म ५ महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् ।

होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । आज १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कूल संख्या ३ हजार १ सय ११ छ । महिला ५ सय ८१ र पुरुष २ हजार ५ सय ३० रहेका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा क्वारेन्टाइन र आइसोलेसन बेड संचालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

यसैगरी प्रदेश १ मा हालसम्म १ सय ७८ जनाको नमूना संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ४ जनाको रिर्पोट नेगोटिभ आएको छ । नमूना परीक्षण गर्न पठाइएकामा ३५ महिला र १ सय ४३ पुरुष छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३