प्रकाशित : २७ चैत्र २०७६, बिहीबार १९:००

विराटनगर, २७ चैत । मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई कुनै स्वास्थ्य समस्या देखिए अस्पतालसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यबस्था गरिएको छ ।

संयुक्त एम्बुलेन्स चालक संघ मोरङले विपदको असहज अवस्थालाई मध्यनजर राख्दै क्वारेन्टाइनमा रहेकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने जनाएको छ ।

क्वारेन्टाइनमा रहेकाहरु लाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको संघका मोरङ सदस्य एवं शेरबहादुर श्रेष्ठ प्रतिष्ठान एम्बुलेन्सका सञ्चालक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार स्वास्थ्य समस्या देखिएकालाई नजिकको स्वास्थ्य केन्द्र तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म लैजान एम्बुलेन्सहरु उपलब्ध छन् ।

मोरङमा मिक्लाजुङका ५ वटा, पथरीका २ वटा र उर्लाबारीका ९ वटा एम्बुलेन्सले निःशुल्क सेवा दिने संयुक्त एम्बुलेन्स चालक संघ, मोरङका अध्यक्ष चन्द्र पराजुलीले बताए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhab[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३