प्रकाशित : २७ चैत्र २०७६, बिहीबार १७:००

विराटनगर, २७ चैत । कोरोना भाईरस ( कोभिड १९) को शंकास्पद विरामीको नमूना परिक्षण विराटनगरबाटै गरिने भएको छ । कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परिक्षण गरिने भएको हो ।

विराटनगरबाट कोरोना परिक्षणका लागि आवस्यक तयारी गरिएको प्रदेश नंं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । परिक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु आज हेलिकप्टरबाट विराटनगर आईपुगेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘संभवत भोलीदेखि परिक्षणको तयारी गरिएको छ ।’

कोशी अस्पतालबाट नमूना परिक्षण शुरु भएपछि दैनिक करिव ९६ जनाको नमूना संकलन गर्न सकिने मन्त्री घिमिरेले बताउनुभयो । सुनसरीको धरानबाट दैनिक करिव २० जनाको सम्म नमूना संकलन भईरहेको उहाँले बताउनुभयो । नमूना संकलन गर्नुपर्ने संख्या बढेसँगै विराटनगरबाट पनि परिक्षण शुरु गर्न लागिएको सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश नं. १ का १४ जिल्लाबाट नमूना संकलन गरि धरान र विराटनगरमा परिक्षण गरिने छ ।

’ विराटनगरबाट गरिने कोरोना परिक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताउनुभयो । यसैवीच भोलीदेखि प्रदेश नंं १ का क्वारेन्टाईनबाट र्यापिड डायग्नोष्टिक टेष्ट ( आरडिटी) गरिने भएको छ ।

भोली झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी शुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभयो । आरडिटीका लागि प्राविधिकहरुलाई तालिम दिईसकीएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ आरडिटीमा शंकास्पद देखिएमा कोरोना परिक्षण हुनेछ ।’ उहाँका अनुसार पहिलो चरणमा ५ हजारको टेष्ट गरिने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३