प्रकाशित : २६ चैत्र २०७६, बुधबार १७:००

विराटनगर, २६ चैत । प्रदेश नं. १ बाट कोरोना भाईरसका शंकास्पद १ सय ४५ जनाको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएको मध्ये १ सय ३ जनाको रिपोर्ट आएको छ ।

आज सम्म प्राप्त भएको सवै रिपोर्ट नेगेटिभ भएको प्रदेश नं. १ को मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । नमूना संकलन गरिएका मध्ये ४२ जनाको रिपोर्ट आउन बाँकी छ । आज सम्म प्रदेश नं. १ का २९ जना महिला र १ सय १६ पुरुषको नमूना संकलन गरिएको बताईएको छ । प्रदेश नं. १ मा आज सम्म ४ हजार १ सय ४८ वटा क्वारेन्टाईन निर्माण गरिएको छ ।

क्वारेन्टाईनमा ४६ महिला र ५ सय ३५ पुरुष सहित ५ सय ८१ जना राखीएको मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । क्वारेन्टाईनमा रहेका मध्ये १ महिला र ३१ जना पुरुष डिस्चार्ज भएका छन् । प्रदेश नं. १ मा ४ सय ३२ वटा आईसोलेसन वार्ड तयार गरिएको छ । आईसोलेसन वार्डमा २ महिला र ८ जना पुरुष गरि १० जना भर्ना भएका छन् ।

आईसोलेनमा वसेका मध्ये आज सम्म २२ जना डिस्चार्ज भएका छन् । आज सम्म होम क्वारेन्टाईनमा ३ हजार ३१ ज्ना बसेका छन् ।

प्रदेशभरि ५ सय ६६ महिला र २ हजार ४ सय ६५ पुरुष होमक्वारेन्टाईनमा बसेको मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशभरि आज सम्म व्यक्तिगत सुरक्षा उपकरण ५ सय ७४ थान वितरण गरिएको बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३