प्रकाशित : २६ चैत्र २०७६, बुधबार १७:००

विराटनगर, २६ चैत । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ ।

संघले प्रदेश सरकारले स्थापना गरेको कोषलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । सहकारी संघमा आवद्ध सदस्यहरूबाट रकम संकलन गरी संघले आज मुख्यमन्त्री शेरधन राईलाई हस्तान्त्रण गरेको संघका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए । संघले महामारी नियन्त्रणका लागि प्रदेश सरकारलाई निरन्तर सहयोग गर्न तयार रहेको बताएको छ ।

प्रदेश जनसुरक्षा कोषमा जम्मा गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार, रारा बचत सहकारीले १ लाख १ हजार, बरगाछी बहुउद्देश्यीय सहकारीले ५१ हजार, तुलसी बहुउद्देश्यीय सहकारीले ५० हजार, न्यू लाइफबचत तथा ऋण सहकारीले २५ हजार, इस्टर्नस्टार कृषि सहकारीले ५९ हजारसहित ४१ वटा सहकारीले संघमार्फत सहयोग हस्तान्तरण गरिएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३