प्रकाशित : २५ चैत्र २०७६, मंगलवार ०७:१४

विराटनगर, २५ चैत । प्रदेश नं. १ बाट कोरोना भाईरसका शंकास्पद ८५ जनाको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएका मध्ये ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १६ जनाको रिपोर्ट आउँन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिब्यराज कट्टेलले बताउनुभयो । उहाँका अनुसार कारोना भाईरसका शंकास्पद २ सय ४३ जना अस्पतालमा भर्ना भएका छन् ।

प्रदेश १ मा ४ सय ४१ वटा आइसोलेसन वेडको निर्माण गरिएको छ । झापामा २७ ओटा, मोरङमा १ सय ३६ ओटा, सुनसरीमा १ सय ४ ओटा, धनकुटामा १२, तेहृथुममा १४ ओटा, संखुवासभामा १६ ओटा, भोजपुरमा ९ ओटा, खोटाङमा ५ ओटा, इलाममा २ ओटा, ओखलढुङ्गामा ११ ओटा, सोलखुम्बुमा २९ ओटा, उदयपुरमा ४२ ओटा, पाँचथरमा २३ ओटा र ताप्लेजुङमा ११ ओटा आइसोलेसन वेड तयार गरिएको छ ।

प्रदेश १ मा व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ । जसमा झापामा १ सय ओटा, मोरङमा ३६ ओटा, सुनसरीमा १२ वटा, तेहृथुममा १ सय ५७ ओटा, संखुवासभामा ९३ वटा, भोजपुरमा १ ओटा, खोटाङमा २२ ओटा, इलाममा ३० ओटा, सोलुखुम्बुमा १ सय ४६, उदयपुरमा १ सय ६४ ओटा र पाँचथरमा १० ओटा वितरण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ मा ४ सय ९० फिवर क्लिनिकमा २ हजार १ सय १७ जनाको ज्वरो मापन गरिएको छ । फिवर क्लिनिकमा १ हजार ६५ महिला र १ हजार ५२ पुरुष आएको मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३