प्रकाशित : २३ चैत्र २०७६, आईतवार १७:०६

विराटनगर २३ चैत । प्रदेश १ सरकारले स्थापना गरेको कोरोना रोकथाम नियन्त्रण र उपचार कोषमा उच्च अदालत विराटनगर र मातहतका अदालतका न्यायाधीशहरुबाट पनि सहयोग उपलब्ध गराइएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाशीले दश दिनको तलब, उच्च अदालत विराटनगर मातहतका मोरङ र सुनसरी जिल्ला अदालतका न्यायाधीशहरुले सात दिनको तलब सरकारी कोषमा दाखिला गरिएको छ । उच्च अदालत विराटनगरका उपरजिष्ट्रार मणिराम पोखरेलले रजिष्ट्रारबाट सात दिनको, अधिकृतस्तरका कर्मचारीहरुबाट पाँच दिनको, नायब सुब्बादेखि श्रेणीविहीन कर्मचारीहरुबाट तीन दिनको तलब बराबरको रकम सहयोग स्वरुप उपलब्ध गराएको बताउनुभयो ।

यसैविच उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले २४ लाखको खाध्य सामाग्री प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । दुवै संस्थाले २४ लाख वरावरको २ हजार १ सय प्याकेट खाद्य सामाग्री प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलले १ हजार ३ सय प्याकेट प्रदेश सरकार मार्फत, ३ सय ५० प्याकेट विराटनगर महानगरपालिका, २ सय प्याकेट दुहवी नगरपालिका, १ सय २५ प्याकेट वुढीगंगा गाउपालिका र १ सय २५ प्याकेट कटहरी गाउपालिका मार्फत वितरण गर्ने गरि उपलब्ध गराईएको उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३