प्रकाशित : १८ चैत्र २०७६, मंगलवार १७:२६

विराटनगर, १८ चैत । भारतबाट फर्किएका १३ जनालाई प्रहरीले आज विराटनगरमा फेला पारेर क्वारेन्टाइनमा पठाएको छ ।

एक महिलासहित १२ जना रुकुमका र एक जना उदयपुरका रहेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताउनुभयो । ज्याला मजदुरी गर्न भारत गएका उनीहरु अररिया हुँदै नेपाल फर्किएको जानकारी गौतमले दिनु भयो ।

भारतीय भूमि कटेर ६ किलोमिटर उत्तर विराटनगर महानगरपालिका –११ बसपार्कमा आइसकेपछि बिहान ७ बजे मात्रै प्रहरीले उनीहरु भारतबाट फर्किएका नेपाली भएको पत्तो पाएको थियो । त्यस लगत्तै डीएसपी गौतम नेत्रृत्वको टोलीले उनीहरुलाई उद्धार गर्दै मोरङको टाँडीमा प्रदेश १ सरकारले निर्माण गरेर सेनालाई सञ्चालनको जिम्मा दिएको क्वारेन्टाइनमा राख्न पठाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३