प्रकाशित : १६ चैत्र २०७६, आईतवार २२:०९

विराटनगर, १६ चैत । प्रदेश नं. १ का स्वास्थ्य संस्थाहरुले फिवर क्लिनिक बन्द गरेको भन्दै अविलम्व सञ्चालन गर्न निर्देशन दिईएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिवर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएपनि कतिपय स्वास्थ्य संस्थाहरुले फिवर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अबिलम्व सञ्चालन गर्न निर्देशन दिईएको हो ।

सामाजिक विकास मन्त्री एवं आईसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति संयोजक जीवन घिमिरेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले कोरोना संक्रमितको उपचारका व्यवस्था तत्कालनका लागि कोशी अस्पताल (कोरोना उपचार केन्द्र) र सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने निर्णय गरेको छ । संक्रमण बढ्दै गएमा विराट मेडिकल कलेज बुढीगंगा, नोवेल मेडिकल कलेज विराटनगर, विएण्डसी अस्पताल विर्तामोड तयारी अवस्थामा रहने निर्णय भएको प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।

कोशी अस्पताल (कोरोना उपचार केन्द्र) सञ्चालनका लागि आवस्यक जनशक्ति कोशी अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोवेल अस्पताल, विराट मेडिकल कलेज र विएण्डसीले सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता डा. सुरेश मेहताको संयोजकत्वमा कोरोना रोकथामको उपचार संवन्धि मार्गदर्शन तयार गर्नका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समिति सदस्यहरुमा कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा, अफिन प्रदेश अध्यक्ष डा.शंकरप्रसाद अधिकारी, विराट मेडिकल कलेजका डा. हेमसागर रिमाल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक प्रतिनिधि सदस्य रहने बैठकले निर्णय गरेको छ । समितिले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग संवन्धि मापदण्ड, स्वास्थ्यकर्मीको भूमिका निर्धारण, कोरोना रोकथाम तथा फोहोर व्यवस्थापन, उपचार र एम्वुलेन्स सञ्चालन तथा संक्रमण व्यवस्थापन आदी सवन्धि मार्ग दर्शन तयार गर्ने बताइएको छ ।

बैठकले प्रदेश १ का सम्पूर्ण स्वास्थ्यकर्मीको सूची संकलन गर्ने र तत्काल कोरोना संक्रमितका उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र कर्मचारीका लागि पीपीई उपलब्ध गराईने पनि निर्णय गरेको छ । कोरोना संक्रमितका उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको तलवको अतिरिक्त प्रोत्साहन भत्ता, सेवाको क्रममा विरामी भए नि : शुल्क उपचार को प्रवन्ध र नि : शुल्क विमाको प्रवन्ध गर्ने निर्णय गरेको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३