प्रकाशित : १६ चैत्र २०७६, आईतवार २२:०२

विराटनगर १६ चैत । नेकपा विराटनगर वडा नं. ८ ले अति विपन्न वर्गका २ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

कमिटीले आज विराटनगर ८ स्थित सुकुम्बासी टोलमा बसोबास गर्दै आएका सुकुम्बासी घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । दैनिक ज्यालादारीमा काम गरेर घरपरिवार चलाउँदै आएका उनीहरुलाई ५ केजी चामल, १ केजी दाल, १ केजी नुन र एउटा हात धुने साबुन लगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरिएको नेकपा विराटनगर महानगर कमिटी वडा नं. ८ का अध्यक्ष राम पोखरेलले बताउनुभयो ।

लकडाउनका कारणले अति विपन्न वर्गका घरपरिवारमा फैलिँदै गएको भोकमरीको सङक्रमणलाई निरुत्साहित पार्न खाद्यान्न वितरणको अध्यक्ष पोखरेलले बताउनुभयो । आज विराटनगर–८ का बलुवाही चौक र विश्वकर्मा चौक लगायतका क्षेत्रमा खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो ।

खाद्यान्न वितरणमा भने अनेरास्ववियु केन्द्रिय सदस्य ताजिम अन्सारी, निलम ढुङगेल, राजन भण्डारी र वडा सह–ईन्चार्ज सरस्वती ओझा लगायतले सहजीकरण गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३