प्रकाशित : १५ चैत्र २०७६, शनिबार १७:२२


विराटनगर, १५ चैत । प्रदेश नंं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंखास्पद २५ जनाको नमूना सकंलन गरि परिक्षणमा पठाईएका मध्ये २२ जनाको रिपोर्ट आएको छ ।
प्रदेश नं. १ को प्रदेश आपतकालिन उद्धार केन्द्रका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं परिक्षणमा पठाइएका मध्ये २२ जनाको रिपोर्ट निगेटिभ प्राप्त भएको हो । केन्द्रका अनुसार ३ जनाका रिपोर्ट आउन बाँकी छ । प्रदेश नं. १ का विभिन्न जिल्लाका १ सय ३३ स्थानमा २ हजार १ सय ५९ वटा क्वारेन्टाईन वेड तयार गरिएको छ ।
क्वारेन्टाईनमा आज सम्म २ सय ६१ जना बसेका छन् । क्वारेन्टाईनमा बसेका मध्ये ७८ जना डिस्चार्ज भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार होम क्वारेन्टाईनमा एक विदेश महिला सहित २ सय ५५ जना बसेका छन् ।
प्रदेशका विभिन्न अस्पतालमा रहेका आईसोलेसन वेडमा आज सम्म १६ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये ६ जना डिस्चार्ज भएका छन् ।