प्रकाशित : १३ चैत्र २०७६, बिहीबार १७:२७

विराटनगर, १३ चैत । प्रदेश १  नं. १ बाट लकडाउन उल्लंघन गर्ने ५० जना पक्राउ परेका छन् । कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले देशव्यापी रुपमा गरेको लकडाउन उल्लंधन गर्ने व्यक्ति र सवारीलाई नियन्त्रणमा लिने क्रम प्रहरीले जारी राखेको छ ।

आज प्रदेश १ का विभिन्न जिल्लाहरुबाट ५० जनालाई पक्राउ गरिएको प्रदेश १ प्रहरीले जनाएको छ । आज पक्राउ पर्ने सवै पुरुष रहेका छन् । प्रहरीले हिजो प्रदेश १ बाट १६ जना महिला सहित १ सय ९३ जना पुरुषलाई पक्राउ गरेको थियो ।

प्रहरीले आज २ सय १३ वटा सवारी नियन्त्रणमा लिएको छ । आज ८ वटा अटो/टेम्पु, ट्रक/ट्रर्याक्टर ९ वटा, मोटरसाईकल/स्कुटर १ सय २२ र साईकल २३ वटा नियन्त्रणमा लिएको हो । हिजो ९ सय ७४ वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रदेश नं. १ मा ५१ स्थानमा १ हजार ३ सय ३१ वटा क्वारेन्टाईन वेड तयार गरिएको छ । क्वारेन्टाईनमा आज सम्म २७ महिला सहित २ सय २७ जना बसेको प्रादेशिक आपतकालीन कार्यसन्चालन केन्द्र, प्रदेश नम्बर १ ले जनाएको छ ।

प्रदेश १ का ३६ स्थानमा २ सय ३२ वटा आईसोलेसन वेड तयार गरिएको छ । आईसोलेसनमा २ महिला सहित ९ जना भर्ना भएको केन्द्रले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३