प्रकाशित : १३ चैत्र २०७६, बिहीबार १६:०४

विराटनगर, १३ चैत । कोरोना भाईरसको संक्रमणमा जेलमा समेत फैलन खतरा भएपछि सर्वाेच्च अदालतको निर्देशनपछि विभिन्न जेलमा रहेका कैदीलाई छाड्न थालिएको छ ।

अदालतहरुले एक वर्षसम्म कैद भई भुक्तान गरिरहेका कैदीबन्दीलाई कारागारबाट छाड्न थालिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ को व्यवस्था बमोजिम उनीहरुलाई छाड्न थालेको उच्च अदालत विराटनगरले जनाएको छ । जिल्ला कारागार मोरंगमा एक वर्ष कैद भुक्तान गरिरहेका २२ जना कैदी छन् ।

१ जना छुटि सकेका छन् । १३ जना प्रकृयामा रहेको बताईएको छ । उच्च अदालत विराटनगरका उपसचिव मणिराम पोखरेलले त्यस्ता कैदीलाई अदालतमा उपस्थित गराएर आवश्यक कानुनी प्रक्रिया पुर्याई छाड्न थालिएको जानकारी दिनुभयो ।

अदालती प्रक्रियाबाट बाल सुधार गृहमा पठाइएका बालबालिकालाई पनि अदालतमा उपस्थित गराई अभिभावकलाई जिम्म दिन थालिएको छ ।

बाल सुधार गृह विराटनगरका प्रमुख निलम चौहानका अनुसार अहिले सम्म चारजनालाई अभिभावकको जिम्मा लगाइएको छ । बाल सुधार गृहमा बालबिज्याईं सम्बन्धी मुद्दामा अदालतबाट फैसला भएका बालबालिकालाई राख्ने गरिएकोछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३