प्रकाशित : १३ चैत्र २०७६, बिहीबार १५:५६

विराटनगर, १३ चैत । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि नेपाल सरकारले अपनाएका उपायहरु पालन आग्रह गर्नु भएको छ ।

आज एक अपिल जारी गर्दै प्रदेश प्रमुख अधिकारीले नेपाल सरकारद्वारा जारी गरिएका सूचना तथा सुरक्षाका लागि अपनाइएका उपायहरु, निर्देशनहरु एवम् आचारसंहिताहरुलाई पालन गरी आफू बच्ने र अरुलाई बचाउने कार्यमा आम जनसमुदायलाई पूर्ण समर्थन तथा सहयोगका लागि अनुरोध गर्नुभएको हो । उहाँले अपिलमा भन्नुभएको छ,‘ हामी हरेक नागरिकले सामाजिक समदुरीलाई कायम गर्न सके संक्रमणको साइकललाई हामीले तोड्न सक्छौ ।’

प्रदेश प्रमुख अधिकारीले जीवन रक्षाका लागि अत्यावश्यक खाद्यपदार्थको सही र उचित व्यवस्थापनमा सरोकारवाला सबै पक्षले समयमै ध्यान पुर्याइ अत्यावश्यक काम बाहेक घर बाहिर आफू पनि ननिस्कने र अरुलाई पनि निस्कन नदिई लकडाउन लाई पूर्ण सफल बनाउन आग्रह गर्नुभएको छ ।

जेष्ठ नागरिकहरु, बालबालिका तथा दीर्घ रोगको उपचार गराइ रहनु भएका र नियमित औषधी सेवन गर्नुहुनेलाई उच्च संक्रमणको जोखिम रहने भएकाले विशेष प्राथमिकताका साथ संक्रमणबाट बचाउन प्रदेश प्रमुख अधिकारीले अपिल गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३