प्रकाशित : १२ चैत्र २०७६, बुधबार १७:४६


विराटनगर , १२ चैत । कोरोना भाईरस ( कोभिड १९) का शंखास्पद विरामीको परिक्षण प्रदेश १ बाटै हुने भएको छ ।
शंखास्पद विरामीको नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं पठाउँदा रिपोर्ट आउन ढिलो भएपछि प्रदेश स्तमै नमूना परिक्षणको तयारी गरिएको हो ।
नेपाल सरकारले काठमाण्डौं सहित ७ वटै प्रदेशबाट परिक्षण गर्ने तयारी गरेसँगै सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलीदेखि टेकुमा प्रयोग भएको जस्तै कोरोना परिक्षण गर्नेे ल्याव सञ्चालनमा आउने भएको छ । ल्याव राख्ने स्थलको आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थलगत निरिक्षण गर्नुभएको छ ।
ल्यावका लागि आवस्यक सम्पूर्ण उपकरणहरु आईसकेको मन्त्री घिमिरले बताउनुभयो । उहाँले भन्नुभयो,’ संभवत भोलीदेखि परिक्षण शुरु हुनेछ ।’ प्रदेश सरकारले विराटनगरमा एक साता भित्रमा ५० शैयाको कोराना अस्पताल पनि सञ्चालनमा ल्याउने भएको छ ।
अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताईएको छ ।