प्रकाशित : १२ चैत्र २०७६, बुधबार १७:०७

विराटनगर, १२ चैत । एक नम्बर प्रदेशका सभाका सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा पारिश्रमिक जम्मा गर्ने भएका छन् ।

प्रदेश १ सरकारले गत मंगलबार स्थापना गरेको कोषमा सभामुख प्रदिपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमामा सत्तारुढ नेकपाका ६७ र प्रतिपक्षी नेपाली काँग्रेसका २१ जना सांसदले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आधा महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

समाजबादी पार्टीका सांसद जयराम यादवले एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको छ । फेसवुक मार्फत उहाँले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोषमा पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नु भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३