प्रकाशित : १२ चैत्र २०७६, बुधबार १५:४१

विराटनगर, १२ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लागु गरेको लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई प्रदेश नं. १ मा प्रहरीले पक्राउ गर्ने कार्य तीव्र बनाएको छ ।

प्रहरीले आज दिउँसो सम्ममा प्रदेश १ का विभिन्न जिल्लाबाट ८ सय ९४ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरि सवारी सञ्चालन गर्ने १ सय ४२ जना व्यक्ति पक्राउ गरिएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लकडाउनको आज दोश्रो दिन पनि प्रदेश १ का मुख्य राजमार्ग तथा भित्रि सडकहरुमा मानिसको आवत जावतमा कमी आउन सकेको छैन । अत्यावस्यक बाहेकका सवारी सञ्चालनमा रहँदा प्रहरीलाई नियन्त्रणमा पनि समस्या भएको पाईएको छ ।

प्रदेश नंं. १ मा आज दिउँसो सम्ममा ९ जना व्यक्तिलाई आईसोलेसन वार्डमा भर्ना गरिएको छ । शंकास्पद अवस्थाका उनीहरुको चिकित्सकको निगरानीमा उपचार भईरहेको छ । १ सय ३० जनालाई क्वारेन्टाईनमा राखीएको छ ।

मोरंगमा ४७, झापामा ८३ र इलाममा ६ जनालाई क्वारेन्टाईनमा राखीएको प्रहरीले जनाएको छ । प्रदेश १ मा सरकार, नेपाली सेना, स्थानीय तह सहितको संलग्नतामा निर्माण गरिएको क्वारेन्टाईनमा ८ सय ८७ वटा वेड रहेका छन् ।

नेपाल प्रहरीले छुट्टै ७७ वेडको क्वारेन्टाईन बनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३